back
CTIZAN AD

मिटरब्याज पीडितसँग वार्ता गर्न बन्यो समिति

वि.सं.२०७९ चैत १४ मंगलवार

1.2K 

shares

काठमाडौं । सरकारले आन्दोलनरत मिटर ब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गरेका हुन् ।

मिटरब्याज पीडितसँग वार्ता गर्न बनाइएको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

वार्ता समितिले मिटरब्याज पीडितसँग छलफल गरी प्रधानमन्त्रीसमक्ष समाधानबारे विकल्पहरु पेश गर्ने प्रधानमन्त्रीका प्रेस संयोजन सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पीडितहरुलाई भेटेरै मागबारे जानकारी लिने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार केहीबेरमा भेट्ने तयारी छ ।

प्रधानमन्त्रीले आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयारी गरेको बुझिएको छ । मिटर ब्याज पीडितले भन्दै आएको कानुनलाई पनि फास्ट ट्रयाकबाट सम्बोधन गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वि.सं.२०७९ चैत १४ मंगलवार १२:१३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...