back
CTIZAN AD

ग्याष्ट्रिकबाट पीडित हुनुहुन्छ ? यसरी गर्नुहाेस् घरेलु समाधान

वि.सं.२०७९ चैत १४ मंगलवार

4.5K 

shares

अधिकांश नेपालीकाे साझा समस्या बनिरहेकाे छ ग्यास्ट्रिक। वास्तवमा ग्यास्ट्रिक आफैंमा कुनै रोग होइन,यो पेट सम्बन्धि समस्या मात्र हो। यो पेट सम्बन्धि कुनै पनि रोगले वा पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या हो जसलाई सबैले ग्यास्ट्रिक रोग भनेर नै चिन्ने गर्छन्। ग्यास्ट्रिकको समस्या सबैमा हुन्छ । खासगरी खान अपज भएर तथा खानपिनको सन्तुलन नमिल्नाले ग्याष्ट्रिकले सताउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, रागीहरु यसको चपेटमा पर्ने गर्छन् । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ ।अमाशयमा धेरै अम्ल बनेर, पेटमा ब्याक्टेरिया फैलिएर, कलेजोमा समस्या भएर ।

दुषित पानी वा कोल्ड ड्रिंकको सेवन, स्ट्रिट फूड अर्थात फुटपाथमा राखिएको खानेकुराको सेवन, खाना खानसाथ तुरुन्त पानी पिउँदा, काँचो खानेकुरा सेवन गर्दा, पूर्ण रुपले पेट सफा नहुँदा, आन्द्रामा कुनै समस्या हुँदा, पेटमा ग्यास बनेको कारण आदि अवस्थामा पेटमा समस्या हुनसक्छ । अधिकाँश नेपालीले ग्यास्ट्रिकलाई सामान्यरुपमा लिन्छन् । तर ग्यास्ट्रिकको समयमै उचित उपचार नभएको खण्डमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

ग्यास्ट्रिकको लक्षणहरु

-बमिट हुनु
-पखाला लाग्नु
-खाएको नपच्नु / खाना नपच्नु
-पेट दुख्नु
-पेट फुल्नु
-कोखा दुख्नु
-मुटु दुख्नु
-घाँटी पोल्नु
-छाती पोल्ने समस्या हुनु
-पेट पोल्ने समस्या आउनु
-अमिलो डकार आउनु
-अम्लपित्त बढ्नु
-गनाउने डकार आउनु
-अमिलो डकार आउनु
-मुखमा अमिलो पानी आउनु
-खाना खान मन नलाग्नु
-पेट बढ्नु
-दैनिक दिशा नआउनु
-कालो दिशा आउनु
-भोक हराउनु
-ढ्याउ–ढ्याउ आउने
-पेट कराउने समस्या हुने
-वाकवाकी लाग्ने
-कब्जियत हुने

ग्यास्ट्रिकबाट हुने रोगहरु रोगहरु

ग्यास्ट्रिक बढेर वा ग्यास्ट्रिक बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ. ग्यास्ट्रिकबाट हुने विभिन्न रोगहरु हुन्छन् जस मध्य हरकोहीमा ग्यास्ट्रिकबाट हुने रोगहरु यस्ता छन्.
-कब्जियत
-पायल्स
-पेटको अल्सर
-पेटको क्यान्सर

ग्यास्ट्रिकको घरेलु उपचार

ग्यास्ट्रिकको घरेलु उपचारको लागी सर्वप्रथम खानेकुरा मै ध्यान पुर्याउनु पर्ने छ । आफुले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थिति अनुसार उपयुक्त छ वा छैन?, खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गर्नु पर्छ ।

खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नु पर्छ । खानाको समय नमिल्दा ग्यास्ट्रिक हुने गर्छ ।

-जिरा पानी सेवन गर्ने

-ज्वानो, जिरा, दही र मेथि मिसाएर खाने

-घोडे नुन (बिरे नुन/ब्याक साल्ट) र एक कागती मिसाई तातो पानीमा पिउने

-ताजा अदुवा र ज्वानो पानीमा उमालेर मन तातो बनाई पिउने, भए बिरेनुन पनि मिसाउने

-ज्वानोलाई पिसेर दही संग मिसाई खाने

-आधा चम्चा बेकिङ साेडा र कागतीको रस मिसाई तातो पानीमा पिउने

-तातो पानी प्रसस्त पिउने

-पुदिनाको पात चपाउने

-तुलसीको पात चपाउने

-दालचिनी खानामा मिसाई सेवन गर्ने

-पेट ढाडिएमा टिमुरको सेवन गर्ने

-बाबरीको पात चपाएर रस निकालेर खाने

-रोटी वा अन्य खानपान गर्दा ज्ञास भए तातो भात सेवन गर्ने

-केरा खाने

-नरिवलको पानी पिउने

एजेन्सीबाट

वि.सं.२०७९ चैत १४ मंगलवार १२:२२ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...