काठमाडौं । उद्योग बाणिज्य महासंघको निर्वाचनमा वस्तुगत सदस्यतर्फ खोजराज कटुवालले उम्मेदवारी दिएका छन् ।
महासंघको यहि चैत २८ र २९ गते हुने साधारण सभा र निर्वाचनका लागि कटुवालले वस्तुगत सदस्यतर्फ उम्मेदवारी घोषणा गरेका हुन् ।
लामो समयदेखि नेपालको कृषिलाइ आधुनिकीकरणसगै ब्यवसायिकरणमा लागेका कटुवालले हालैका दिनमा नेपालमा कृषिको यान्त्रीकरणको लागि कृषि यन्त्र एवम प्रबिधि उद्योगमा निरन्तरता दिएका छन् ।
कटुवालले आफ्नो व्यक्तिगत महत्वकांक्षा नभएर साना तथा मझौला उद्योगीहरुको आवाजलाई सम्बन्धीत ठाउँमा पुर्याउन सक्छु भन्ने आत्मविश्वासका साथ महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
लामो समय इजरायलमा बसेर कृषि क्षेत्रमा काम गरेका कटुवाल गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलको अध्यक्ष समेत रहेर नेपाल र नेपालीको हितमा काम गरेका व्यक्ति हुन् ।
वि.सं.२०७९ चैत २० सोमवार १६:३६ मा प्रकाशित






























