back
CTIZAN AD

नयाँ अर्थमन्त्री आएपछि पनि राेकिएन नेप्सेकाे पहिराे, काराेबार उच्च अंकले घट्याे

वि.सं.२०७९ चैत २० सोमवार

1K 

shares

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। साेमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको ३ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआइसि एसियाको २ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरु मध्ये ट्रेडिङ सुचक बाहेक सबै उपसुचकहरुमा ओरालो लागेको छ । साेमबारको कारोबारमा कालिनचोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

वि.सं.२०७९ चैत २० सोमवार १६:४० मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...