back
CTIZAN AD

अमेरिकाको डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट आयोजन  हुँदै 

वि.सं.२०७३ चैत ३० बुधवार

762 

shares
३० चैत,  काठमाडौँ  । नेपाल चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको विभिन्न दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव–२०१७ हुने भएको छ ।

भिन्तुना इन्टरनेसनलको आयोजनामा यही वैशाख ३ (अप्रिल १६) मा अमेरिकाको वासिङ्गटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो । आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङ्गटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ ।

महोत्सवमा नेपाली सङ्गीत, कला संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, वेशभूषा, विविध सांस्कृतिक कार्यक्रम, नेपाली खानाको परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष रहने छन् । यसका साथै नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहने छ ।

चित्रकला प्रदर्शनीमा नेपाली कलाकारहरु किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डङ्गोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्णगोपाल रञ्जितलगायतको सहभागिता रहने भएको छ ।

भिन्तुना इन्टरनेसनलले सन् २०१३ मा पनि वासिङ्गटन डिसी मै ग्लोबल नेपाल फेस्टको आयोजना गरेको थियो ।

सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङ्गटन डिसीबाट दीपक शर्माले राससलाई बताउनुभयो ।

वि.सं.२०७३ चैत ३० बुधवार ०३:५७ मा प्रकाशित

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको...

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६०...

पृथ्वीराजमार्गः ४१ किमी पूरा

पृथ्वीराजमार्गः ४१ किमी पूरा

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१...

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...