back
CTIZAN AD

पत्रकारको भेषमा आएका तीन किशोरद्वारा दुई भारतीय नेताको हत्या

वि.सं.२०८० वैशाख ३ आइतवार

867 

shares

प्रयागराज, (उत्तर प्रदेश) । अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् ।

यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकैबीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो ।

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तिनैजनालाई पक्राउ गरिएको छ ।

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जवरजस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्ररहीबाट असुरक्षा रहेको बताउँदै आएका थिए ।

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो ।

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्तिसुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गरेका छन् ।

काङ्ग्रेस नेत्री प्रियङ्का गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गरेका छन् । उनीहरूले राज्यमा जङ्गली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन् । (रासस÷एएनआई)

वि.सं.२०८० वैशाख ३ आइतवार २१:०२ मा प्रकाशित

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका साझेदारमाथि नयाँ कर लगाउने योजनामा

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी १० प्रतिशत...

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

ब्रिसबेन (अस्ट्रेलिया) । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट...

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

सान्टियागो (चिली) । चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी...

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

मलेसियाली उपभोक्ताको किनमेलमा एआइको  प्रयोग बढ्दो 

क्वालालम्पुर ।   वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४...

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ  सरेको संयुक्त राष्ट्रसङ्घको दावी

पेरिस । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, कुपोषणको समस्या...

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

चीनको ‘लाइभ–फायर’ नौसैनिक अभ्यास, जापानद्धारा सुरक्षा चिन्ता व्यक्त

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ...