काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो २ः३१ का लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
संसद सचिवालयका महासचिव भरत गौतमद्वारा जारी सूचनामा भनिएको छ, ‘ राष्ट्रिय सभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले रािष्ट्रय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिक सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने व्यहोरा माननीय सदस्यको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ ।’

वि.सं.२०८० वैशाख ५ मंगलवार १२:०१ मा प्रकाशित




























