back
CTIZAN AD

नयाँ प्रविधिमा पुराना चलचित्र

वि.सं.२०८० वैशाख ५ मंगलवार

978 

shares

काठमाडौँ । चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेष्टोरेसन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरन्जीवी गुरागाईँले जानकारी दिए ।

डिजिटाइजेसन गरेसँगै ती चलचित्र अङ्ग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ । “डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेष्टोरेसन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेष्टोरेसनले एट के (आधुनिक प्रविधि)वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घन्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौँ”, उनले भने ।

रेष्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई डिजिटाइजेसन गरिएको छ । डिजिटाइजेसन भएपछि सोह्र एमएम र ३५ एमएमका ती चलचित्र टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् ।

नेपालमा चलचित्रको इतिहासलाई आम सर्वसाधारणसम्म पु¥याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ । अधिकृत गुरागाईँका अनुसार साउथ एसियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेसन तथा रेस्टोरेसन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेसनको सुरुआत भएको अधिकृत गुरागाईँले जानकारी दिए ।

सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘डिजिटाइजेसन’ गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । विसं २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेसन र रेष्टोरेसनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेसन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।

 

वि.सं.२०८० वैशाख ५ मंगलवार १०:५२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...