काठमाडौं । आइतबार सम्पन्न चितवन २ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले फराकिलो मतान्तरले अग्रता कायम गरिरहेका छन् ।
हालसम्मको गरिएको मतगणनामा लामिछानले ४० हजार बढी भोट ल्याएर अग्रता कायम गरिहँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ४५८ मत ल्याएर दोस्रो स्थान बनाएका छन् ।
त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले २५४ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन कार्यालय भरतपुरका सहायक अधिकृत ईश्वर आचार्यका अनुसार भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा रहेका १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
वि.सं.२०८० वैशाख १२ मंगलवार ०७:३६ मा प्रकाशित






























