काठमाडौँ । हाल देशैभरी पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार ०८:०३ मा प्रकाशित






























