back
CTIZAN AD

गुल्मीमा जडीबुटीको बगैचामा आगजनी गर्ने व्यक्ति पक्राउ

वि.सं.२०८० वैशाख १५ शुक्रवार

930 

shares

गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए । उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ ।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको रु एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो । उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो ।

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । वन वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा दोषीलाई कारबाही गर्न सहयोग गर्नुपर्नेमा राजनीतिक दलका स्थानीय प्रतिनिधिले वन मुद्दाको अनुसन्धान कार्यमा बाधा पु¥याउन खोजेको अधिकृत पङ्गेनीको आरोप छ । रासस

 

वि.सं.२०८० वैशाख १५ शुक्रवार ०७:५८ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...