काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १०३ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको १९२५ नमुना परीक्षणमा १०३ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल आइसीयुमा ८ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।
वि.सं.२०८० वैशाख १५ शुक्रवार १६:३० मा प्रकाशित






























