back
CTIZAN AD

डिजी पेमा डिजिटल र नगद दुवैमा कारोबार गर्न मिल्ने

वि.सं.२०८० वैशाख १५ शुक्रवार

747 

shares

काठमाडौं । मोबाइल वालेट कम्पनी डिजी पेले डिजिटल र नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा ल्याएको छ । कम्पनीले जनाएअनुसार डिजी पेमार्फत नगद कारोबार गर्दा पनि प्रयोगकर्ताले कमिसन पाउनेछन् ।

सबैलाई नाफामा साझेदारी गर्ने गरी ल्याइएको सेवामा तोकिएको टार्गेट पुरा गर्नेले महिनामै चारदेखि पाँच लाखसम्म कमाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष दिवाकरबहादुर पाण्डेका अनुसार निःशुल्क रुपमा कम्पनीका सेवाहरुमा जोडिएर आम्दानी गर्न मिल्नेछ ।

पाण्डेले बताएअनुसार डिजी पेको प्रचारप्रसार गर्दा पनि प्रयोगकर्ताले आम्दानी गर्न सक्नेछन् । आबद्ध हुँदा नै पाँच सय रुपैयाँ टपअप, सेवा शुल्कमा छुट, एबिसि टेलिभिजन र द नेपालटपमार्फत विज्ञापन प्रकाशनमा छुट, स्टार हस्पिटलको सेवामा छुटलगायतका फाइदा प्रयोगकर्ताले पाउने उनले जनाए ।

यसको प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत विज्ञापन गर्दा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । साथै, कारोबार गर्दा प्राप्त लोयलटि पोइन्टलाई तत्कालै विभिन्न माध्यमबाट प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० वैशाख १५ शुक्रवार १६:४१ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...