back
CTIZAN AD

जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत

वि.सं.२०८० वैशाख १७ आइतवार

915 

shares

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलोपटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ ।

जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प रहेको थियो । यसका लागि सामान्यतया पति वा पत्नी वा सम्बन्धित केटी साथीको सहमति आवश्यक पर्दछ ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य अधिकारीहरूलाई एक सूचना जारी गर्दै बेलायती औषधि कम्पनी ‘लाइन फार्मा’ले बनाएको औषधिलाई स्वीकृति दिएको जनाएको छ । औषधि निर्माताले आफ्नो उत्पादन, मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको दुई चरणको उपचार, डिसेम्बरमा जापानमा स्वीकृतिको लागि पेश गरेको थियो ।

सन् १९८८ मा पहिलो पटक गर्भपतनको चक्कीलाई स्वीकृति दिएको फ्रान्स र सन् २००० देखि उपलब्ध हुँदै आएको संयुक्त राज्य अमेरिकालगायत थुप्रै देशमा पनि यस्तै औषधि उपलब्ध छ । नौ हप्तासम्मको गर्भ फाल्नका लागि यो चक्कीको स्वीकृति मन्त्रालयको प्यानलको अनुमोदनपछि गरिएको थियो । हजारौं सार्वजनिक रायहरू प्रस्तुत भएपछि यसलाई एक महिनाका लागि स्थगित गरिएको थियो ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार गर्भपतनको चक्की र चिकित्सकीय परामर्शको कुल लागत करिब एक लाख येन (७०० अमेरिकी डलर) हुनेछ । गर्भपतनलाई सार्वजनिक स्वास्थ्य बिमाले समेटेको छैन । अहिले जापानमा चिरफार विधिद्वारा हुने गर्भपतनका लागि एक लाखदेखि दुई लाख येनसम्म खर्च हुन सक्छ ।

मिफेप्रिस्टोन हालैका हप्ताहरूमा अमेरिकी अदालती लडाईंको केन्द्रमा रहेको छ ।
अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको व्यापक रूपमा प्रयोग हुने औषधिको पहुँचलाई अस्थायी रूपमा सुरक्षित राखेको छ । उक्त अदालतले तल्लो अदालतहरूको निर्णयलाई रोक लगाएको छ जसले यसको उपलब्धतालाई प्रतिबन्धित वा कडा रूपमा प्रतिबन्धित गरेको थियो ।

जापानका अभियानकर्ताहरूले पनि बिहान–पछिको चक्कीको राम्रो पहुँचको लागि जोड दिइरहेका छन्, जसले गर्भावस्थालाई रोक्छ । जापानमा हाल चिकित्सकको अनुमतिबिना आपतकालीन गर्भनिरोधक खरिद गर्न पाइँदैन । (रासस÷सिन्ह्वा)

वि.सं.२०८० वैशाख १७ आइतवार ०७:४० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...