काठमाडाैं । स्वास्थ्यमा उल्लेख्य सुधारपछि राष्ट्रपति रामचन्द्र पौडेल आज राति स्वदेश फर्किने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किन लागेका हुन् ।
उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थत अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत थिए ।
स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ ।
वि.सं.२०८० वैशाख १७ आइतवार १५:२७ मा प्रकाशित






























