काठमाडाैं । वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडाैं महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ ।
उनले जानकारी दिएअनुसार कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उनी मृत भेटिएकी हुन् । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।
वि.सं.२०८० वैशाख १७ आइतवार १५:४३ मा प्रकाशित






























