back
CTIZAN AD

सिस्नो र गुन्द्रुकबाट मनाग्या आम्दानी, यस्तो छ प्रतिकेजी मूल्य

वि.सं.२०८० वैशाख १८ सोमवार

1.4K 

shares

ढोरपाटन । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ ।

बागलुङको जैमिनी नगरपालिका–३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् । स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रको परिकार बनाएर खानसमेत दिन्छन् ।

पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीका स्थानीयले स्थानीयस्तरमै उत्पादित वस्तुको प्रयोग गर्न थालेका छन् । यसले उत्पादनको प्रवद्र्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने र
कम बचत गराइदिएको छ । गाउँघरमा खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ । यतिमा मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम बनेको छ ।

सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ । खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन् । यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन् । यसले आलुको मूल्य दोब्बर पर्न थालेको छ । सीप सिकेर गाउँघरमा उत्पादित वस्तु प्रशोधन गरी नयाँ परिकार बनाउन थालेपछि आफूहरुको दैनिकी नै बदलिएको स्थानीय तारादेवी पुनले बताइन् ।

गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्षसमेत रहेकी पुनले आर्थिकरुपमा पनि महिला विस्तारै मजबुत बन्दै जान थालेको बताउछिन् । पहिले अरुकै भरपर्ने स्थिति रहेको सुनाउँदै सीपले महिलालाई आत्मनिर्भर बनाउँदै गएको पुनको भनाइ छ । गाउँका महिला पनि पछिल्लो समय उत्पादन र व्यवसायमा लागेको पुन बताउछिन् ।

“सबैभन्दा ठूलो सीप रैछ, सीपले सबैलाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्दो रैछ, पहिले यतिकै खेर गइरहेका सिस्नो र बाँको अहिले पैसा कमाउने वस्तु बनेको छ, घरमा आउने आफन्त र पाहुनालाई सिस्नोको पाउडर र गुन्द्रुक खान दिन्छौँ, बिदाइ भएर जाँदा कोसेलीका रुपमा थोरै धेरै दिएर पठाउँछौँ”, पुनले भनिन्, “अहिले गाउँका दिदीबहिनी सबै खुसी भएका छौँ, पहिले महत्वहीन मानेको सिस्ने अहिले निकै मत्वपूर्ण भएको बुझ्यौँ ।”

सिस्नोको पाउडर बजारीकरणमा नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमी उत्साहित छन् । चालू आर्थिक वर्षमा दुई हजार किलो सिस्नो पाउडर तयार गरी बिक्री भइसकेको छ । बजार मागअनुसार माग पूरा गर्न कठिन भएको पुनको भनाइ छ । माग बढ्दै गएपछि खाली जमिनमा सिस्नो रोप्ने तयारी भइरहेको पुनले बताइन् ।

सिस्नो पाउडर निर्माणको तालिम पाउनुअघि घर छेउछाउ, खेतबारी तथा खरवारीमा भएका सिस्नो मास्न आगो लगाउने, उखेल्ने स्थानीय अर्थाेपार्जनसँग जोडिएपछि संरक्षण र विस्तारमा लागेका छन् । दमेकको सिस्नो पाउडर नेपालका ठूला सहर, ठूलो होटेलदेखि विदेशबाट पनि माग भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । चितवन, काठमाडौँ, पोखरा र हङ्कङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताए ।

उपप्रमुख शर्मा भन्छन्, “यहाँका नागरिकले आम्दानीका लागि नगरपालिकाले एउटा प्रयास ग¥यो, त्यो प्रयास सफल हुँदै गएको छ, दिदीबहिनीलाई तालिम र केही मेसिनको व्यवस्था गरेका थियौँ, उनीहरु उत्पादनमा लागे, अहिले धेरै राम्रो भएको छ, उनीहरुले बेच्नसक्ने आफैँ बेच्छन् , नत्र नगरपालिकाले त्यसको प्रबन्ध मिलाएको छ ।”

प्रतिकेजी छ सय ५० रुपैयाँमा सिस्नोको धुलो बिक्री भइरहेको छ । सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमकको परिचय बनेको छ । बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुैपयाँमा बिक्री हुन्छ । स्थानीय कृष्ण पुनले यो क्षेत्रमा धान, गहुँ र मकै कम उत्पादन हुने हुँदा आफूहरु आलु उत्पादनमा लाग्दै आएको बताए । सिस्नोको माग बढ्न थालेपछि आलुसँगै बाँको र सिस्नो खेती विस्तार गर्न थालेको बताए । अहिले गाउँका धेरै स्थानीय आलु र सिस्नो खेतीमा लाग्न थालेको उनको भनाइ छ ।

वि.सं.२०८० वैशाख १८ सोमवार १६:२६ मा प्रकाशित

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...