काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको छ । मतदानमा ४ सिट भएको राप्रपाले कतै पनि मत दिएन ।
चौधरी आठ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत लिनेसम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।
वि.सं.२०८० वैशाख १९ मंगलवार १३:४५ मा प्रकाशित






























