back
CTIZAN AD

ग्रामीण विद्यालयमा विज्ञान प्रयोगशाला

वि.सं.२०८० वैशाख १९ मंगलवार

1.8K 

shares

महोत्तरी । नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ ।

महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जनता माध्यमिक विद्यालयले आजबाट विज्ञान विषयको अध्यापनमा प्रयोशाला अभ्यास थालेको हो । गत आइतबार क्वेस्ट फर्मास्युटिकल्स प्राइभेट लिमिटेड आदर्श नगर वीरगञ्ज पर्साले विद्यालयलाई विज्ञान विषयको प्रयोगशालाका उपकरण उपलब्ध गराएको थियो ।

“हाम्रो विद्यालयलाई गत आइतबार प्रयोगशालाका सबै उपकरण प्राप्त भएर जडान भए, हिजो बिदा थियो, आजदेखि विज्ञान विषयको अध्यापनमा विद्यार्थीलाई अभ्यास गराउन थालिएको छ”, विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले भने । एउटा कोठामा प्रयोगशाला रहेको हुँदा फरकफरक कक्षाका विद्यार्थीलाई पालो मिलाएर अभ्यास गराइने तालिका बनाइएको यादवको भनाइ छ । जिल्लाको अति दुर्गम मानिने ग्रामीण भेगको विद्यालयका विद्यार्थीलाई पछिल्ला प्रविधिबारे चासो बढाउन र अध्ययनप्रति प्रेरणा जगाउन प्रयोगशाला सहयोगी हुने शिक्षकको भनाइ छ । प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएपछि कक्षा–६ देखि माध्यमिक तहका कक्षामा विद्यार्थी उपस्थिति बढेको प्रधानाध्यापक यादवले बताए ।

जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ४० किलोमिटर पश्चिम भारतीय सीमासँग जोडिएको सुन्दरपुर शैक्षिक र अन्य विकास अवसरबाट पछि परेको ठाउँ मानिन्छ । क्वेस्ट फर्मास्युटिकल्स प्रालिले सहयोग गरेर स्थापना गरेको प्रयोगशालालाई अब आवश्यकताअनुसार समृद्ध बनाउँदै लगिने सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले बताए ।

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन खस्की रहेको, यस्ता विद्यालयमा आधुनिक शिक्षाका कम्प्युटर प्रणाली र विज्ञान प्रयोगशाला सञ्चालनको पक्ष अति नै पछि परेको आम गुनासो बढिरहेका बेला ग्रामीण भेगको जनता मावि सोनमा–७ सुन्दरपुरले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय प्रशासन र सम्बन्धित गाउँपालिकाले प्रयोगशालाको अभ्यासमा राम्ररी ध्यान दिए आपूmहरु थप सहयोग बढाउन तत्पर रहने क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक पृथ्वीराज भण्डारी र महाप्रबन्धक डा कमलेश दत्तले प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १४:१९ मा प्रकाशित

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...