काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न भएको १६औँ साधारण सभाबाट अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष धमलाले संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरूका हक हितका लागि संघका सम्पूर्ण सदस्यहरूसँग सल्लाह एवं समन्वय राखी कार्य गर्ने बताए । नवनिर्वाचित अध्यक्ष धमलाको नेतृत्वको नयाँ कार्य समितिको अध्यक्षमा धमलासहित, प्रथम उपाध्यक्षमा दीपक कुँवर, द्वितीय उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र महासचिवमा रोशन भोयाद्यो निर्वाचित बनेका छन् ।
यस्तै, सचिवमा गोबिन्दप्रसाद लोहनी र कोषाध्यक्षमा तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएको संघले जनाएको छ । यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दीपक मलहोत्रा, पूर्णिमा राज भण्डारी, निश्चल बहादुर श्रेष्ठ, वरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
वि.सं.२०८० वैशाख २१ बिहीवार ०८:५८ मा प्रकाशित






























