back
CTIZAN AD

मंगलबारबाट पोष्टग्रे एसक्युएल कन्फेरेन्स हुँदै

वि.सं.२०८० वैशाख २४ आइतवार

807 

shares

काठमाडौं । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ ।

वैशाख २६ देखि २९ गतेसम्म काठमाडौं विश्वविद्यालय धुलिखेलमा उक्त कन्फेरेन्स आयोजना हुने आयोजकले जनाएको छ ।

नेपालमा पोष्टग्रे एसक्युएलको सशक्त कम्युनिटी बनाउने उद्देश्यले कन्फेरेन्स आयोजना गर्न लागेको कार्यक्रमका संयोजक बालकृष्ण बालले बताए ।

४ दिनसम्म सञ्चालन हुने कन्फेरेन्सलाई २ भागमा विभाजन गरिएको छ । पहिलो दुई दिन अर्थात् वैशाख २६ र २७ गते पोष्टग्रे एसक्युएल सम्बन्धि तालिम आयोजना हुनेछ ।

तालिममा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जना सहभागी हुनेछन् । तालिम पोष्टग्रे एसक्युएल क्षेत्रका अनुभवी व्यक्तिबाट दिइने बालले जानकारी दिए ।

२ दिन तालिम भइसकेपछि अर्को दुई दिन वैशाख २८ र २९ गते मुख्य सम्मेलन आयोजना हुनेछ । मुख्य सम्मेलनमा पोस्टग्रे एसक्युएलको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताको सहभागीता रहनेछ ।

कार्यक्रममा की नोट सेसन, टक सेसन र वर्कशप समेत सञ्चालन हुने आयोजकको भनाइ छ । सन् २०१८ को पोष्टग्रे एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो पटक कन्फेरेन्स आयोजना गर्दैछ ।

पोष्टग्रे एसक्युएल एक डेटाबेस सोलुसन हो, जसलाई डेटा स्टोर गर्न, रिट्राइभ गर्न प्रयोग गरिन्छ । नेपालको हकमा प्रोष्टग्रे एसक्युएल जीआईएस एप्लिकेसनमा बढी प्रयोग भएको पाइन्छ ।

 

वि.सं.२०८० वैशाख २४ आइतवार १५:१० मा प्रकाशित

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...

दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

बागमती । हेटौँडा उपमहानगरपालिका–१ चौकी टोलमा श्रीमान्को कुटपिटबाट एक महिलाको...

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...