काठमाडौं । बेनेली मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारीक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा.लि ले २०८० का अवसरमा ‘नयाँ सफर, धमाकेदार अफर’ ल्याएको छ ।
इटालीमा निर्मित विश्वमै बढी बिक्रि हुने सो कम्पनीका मोटरसाइकल कम्पनीको उक्त अफर मोटरासइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ ।
उक्त अफरमा बेनेलीका मोटरसाइकल र स्कुटर खरिदकर्ताहरुले रु ६० हजार सम्म छुट पाउनेछन् । जसमा नगद, बेनेली ब्रान्डको हेल्मेट, तथा कर छुट लगायतका सहुलियत पाउने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० वैशाख २४ आइतवार १५:३२ मा प्रकाशित






























