काठमाडाैं । गायिका समीक्षा अधिकारीले आफुँलाईं मार्नेसम्मकाे धम्की आएपछि अभिनेता पल शाहविरूद्धकाेमुद्दा फिर्ता गरेको बताएकी छन्। एपिवान टेलिभिनजबाट प्रसारण भएको ‘द प्रकाश सुवेदी शो’मा दिएको अन्तरवार्तामा उनले यस्तो खुलासा गरेकी हुन्।
आफुँलाईं अभिनेता शाहका मानिसहरूले मारिदिने, गायब पारिदिनेसम्मको धम्की दिएपछि मुद्दा फिर्ता लिएकाे बताएकी छिन् ।
‘मुद्दा हाल्ने बेलामा पनि धेरै कुराहरू छन् दाइ। मैले त्यतिकै त्याहँ गएर मुद्दा हालेकोचाँहि होइन। त्यतिबेलाचाँहि मलाई उहाँकै टिमबाट, उहाँ नै चाँहि भन्दिन म। उहाँको टिमबाट मलाई मार्ने धम्की दिने, मार्दिने, गायब बनाइदिने कुरा आएको थियो। यस्तो थियो यहाँ मलाई एकदमै रिस्क थियो। त्यतिबेला मेरो दिनमा चारपाँचवटा गीत रेकर्ड हुन्थ्यो, अनि त्यतिबेलाचाँहि मलाई टर्चर दिने होइन। त्यस्तो भएर म घरमा गएर दुई-तीन महिना गएर बसें। पूरै डिप्रेसनमा थिएँ, त्यो टाइममा म। धम्की दिने यताउती त्यस्तो गर्नुहुन्थ्यो, अनि त्यो गरेपछिचाँहि आफ्नो सेफ्टी(सुरक्षा)को लागि पनि त्यो डिसिजन(निर्णय) गर्या हो। मलाई थाहा थिएन त्यो केस(मुद्दा)ले त्यति ठूलो रुप लिन्छ भनेर। अब यति होकी म गलत छैन’, समीक्षाले जवाफमा भनेकी छन्।
एपिवान टेलिभिनजसँगकाे अन्तरवार्ता आफ्नो फेसबुक पेजमा सेयर गर्दै उनले सत्य के हो भनेर आफूलाई नसोधी कथाहरूमात्र बनाइएको बताएकी छिन् । जे भोगियो त्यो आफूलाई मात्र थाहा भएको बताउँदै यो घटनासँग आफू एक्लै लडेको, एक्लै रोएको र एक्लै कराएको कुरा उल्लेख गरेकी छन्।
यस्ताे छ भिडियाे
वि.सं.२०८० वैशाख २४ आइतवार १४:४८ मा प्रकाशित






























