back
CTIZAN AD

दोहोरो अंकले घट्याे नेप्से, बीमा क्षेत्रका लगानीकर्ता सबैभन्दा बढी मारमा

वि.सं.२०८० वैशाख २४ आइतवार

831 

shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेकाे छ ।

आइतबार १९.१२ अंकले घट्दा नेप्से १८५० काे बिन्दुमा झरेकाे छ । बिहीबार नेप्से परिसूचक १२.७३ अंक बढेर १८६९.७३ बिन्दुमा पुगेको थियो।

यस्तै, आइतबारको कारोबार रकम ६० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। यो रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा करिब ११ करोडले कम हो। आइतबार २३ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ८ को भने स्थिर रहेको छ।

यस्तै, उपसमूहका सबै सूचकमा भने गिरावाट आएको छ। आइतबार बैंकिङमा ९, विकास बैंकमा ३४, फाइनान्समा १९, होटल तथा पर्यटनमा ६३, जलविद्युतमा ४८, जीवन बीमामा ४०, उत्पादनमा ६, माइक्रोफाइनान्समा ४१, निर्जीवन बीमामा १०२, अन्यमा १० र व्यापार उपसमूहमा १० अङ्कको गिरावट आएको छ।

वि.सं.२०८० वैशाख २४ आइतवार १५:५७ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...