काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको नयाँबानेश्वरस्थित ‘दृश्य लाउन्ज’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले दृश्य लाउन्जमा फुड एन्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
वि.सं.२०८० वैशाख २६ मंगलवार ०९:०५ मा प्रकाशित





























