काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् ।
कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
‘कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना । आजको दिनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन हामी सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’प्रधानमन्त्री प्रचण्डले शुभकामनामा भनेका छन् ।
वि.सं.२०८० वैशाख २६ मंगलवार १०:५० मा प्रकाशित






























