काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा छलफलमा जुटेका छन् ।
उक्त बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थीका विषयमा एमालेका सचिव नै मुछिएको तथा नेपाली कांग्रेसका नेतृ आरजु राण देउवा, मन्जु खाँड लगायतको नाम समेत बाहिर आइरहेका बेला ठूला दलका शिर्ष तीन नेताहरुबीच भेटवार्ता भएको हो ।
आजै नेकपा एमालेको सचिवालयको बैठक समेत बस्दैछ । आगामी केन्द्रीय समितिको बैठकका ऐजेण्डा तय गर्नका लागि बैठक बस्ने बताइएको छ । यद्यपी बैठक बस्नु अगावै नै अध्यक्ष ओली बालुवटार पुगेका हुन् ।
वि.सं.२०८० वैशाख २६ मंगलवार ११:०५ मा प्रकाशित






























