back
CTIZAN AD

भारत, अष्ट्रेलिया लगायतका देशमा एक अर्ब ३० करोडको करेन्ट चाउचाउ निर्यात

वि.सं.२०८० वैशाख २७ बुधवार

789 

shares

काठमाडौं । पिरो स्वादको करेन्ट चाउचाउ एक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको निर्यात भएको कम्पनीले जनाएको छ ।

उत्पादक कम्पनी यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३० करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ । उत्पादनको छोटो समयमै चाउचाउ नेपाली बजारमा सबैभन्दा लोकप्रिय हुनुका साथै भारत, अष्ट्रेलिया र अमेरिकाजस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएको छ ।

करेन्टले देश भित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्यांकले बताउँछ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यात मार्फत केही हद सम्म सुधार ल्याउँदै करेन्टले आफू जस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको जनाएको छ ।

यसोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनेको छ । सकेसम्म देश भित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा टेवा पु¥याएको सफल भएको कम्पनीले दाबी गरेको छ ।

स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही बर्षमै आज करेन्ट नेपाली बजारमा छाउँदै भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरुमा पनि निर्यात हुन थालेको छ । देशभर प्रतक्ष्य र अप्रतक्ष्य रुपमा लगभग १५ हजार मानिसलाई रोजगारी दिँदै करेन्टले किसानहरुलाई पनि लाभ हुने गरी बजार विस्तार गरेको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमाबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामाग्रीको बजारमा प्रविष्ट भएको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ५ जिल्लाका १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानी लगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ ।

किसानहरुलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरुको उत्पादनलाई बजार दिँदै करेन्टले देशका बिभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको कम्पनीले जनाएको छ । उत्पादनको ६ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ । करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा जस्ता मुख्य सहरमा बढी बिक्री कम्पनीको भनाइ छ ।

नेपाल मै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनी कै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन शुरु गरेका छन् ।

वि.सं.२०८० वैशाख २७ बुधवार ०८:५२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...