back
CTIZAN AD

चर्च ब्वाइज युनाइटेड क्लबको मुख्य प्रायोजक बन्यो अपि पावर कम्पनी

वि.सं.२०८० वैशाख २७ बुधवार

696 

shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेड क्लबले अपि पावर कम्पनी लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।

ए डिभिजन लिगको १६औँ चरण सञ्चालन भइरहँदा चर्च ब्वाइजले मुख्य प्रायोजक पाएको हो । चर्च ब्वाइज र अपि पावर कम्पनी लिमिटेडबीच मंगलबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो ।

अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फवाट क्लवका अध्यक्ष टंकलाल राईले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि क्लबले अब अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुने दुबै पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपि पावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ । सम्झौता हाललाई एक वर्षको रहने र त्यसका नवीकरण गर्ने विकल्प पनि रहेको चर्च ब्वाइज क्लबले विज्ञप्तिमा जनाएको छ । तर, दुबै पक्षले सम्झौता भएको रकम भने खुलाएका छैनन् । अपिले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने जनाएको छ ।

बी डिभिजन च्याम्पियन बन्दै पहिलो पटक शीर्ष श्रेणीको ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज १५ खेलबाट २७ अंक जोडेर शीर्ष स्थानमा छ । डेब्यु सिजनमै क्लबले राष्ट्रिय टिमका अन्जन विष्ट र अनन्त तामाङ जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो । क्लबले अनन्तको कप्तानीमा लिग खेलिरहेको छ ।

वि.सं.२०८० वैशाख २७ बुधवार ०८:४८ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...