काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
प्रहरीले उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ। पक्राउ गरिएका खाँणलाई प्रहरी परिसर टेकु लगिएको प्रहरी स्राेतले जनाएकाे छ ।
खाँण आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा तानिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँणपत्नी मञ्जु खाँणलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।
वि.सं.२०८० वैशाख २७ बुधवार १०:२६ मा प्रकाशित






























