back
CTIZAN AD

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालले लिए सपथ

वि.सं.२०८० वैशाख २८ बिहीवार

750 

shares

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा नेपाल बीमा प्राधिकरणका अध्य्क्ष सिलवालले हेम राज ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरेर आज वैशाख २७ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन् । आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।

दुवै कम्पनी एक बराबर एकको स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जर पश्चात बनेको आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ रहेका छन् भने अध्यक्ष हेमराज ढकाल रहेका छन् ।

वि.सं.२०८० वैशाख २८ बिहीवार ०८:३० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...