back
CTIZAN AD

सरकारको विज्ञापन नीतिविरुद्व आनद्वारा आन्दोलनको घोषणा

वि.सं.२०८० वैशाख २८ बिहीवार

687 

shares

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरेको छ ।
बुधबार भएको कार्यक्रममा हाल सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विषयमा आनले बिरोध जनाउँदै श्रृंखलावद्ध विरोध कार्यक्रमको घोषणा गरेको छ । कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोमप्रसाद धितालले सो विरोध कार्यक्रम विज्ञापनमा एकद्वार नीतिको विरुद्ध हो भन्दै विज्ञापन बोर्डको गलत कृयाकलापको विरुद्धमा रहेको बताएका थिए ।
साथै कार्यक्रममा अध्यक्ष धितालले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा देशमा ठूल–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा केही अमुक व्यक्ति र स्वार्थ समूहलाई खुशी बनाउने हेतुले ल्याइन लागेको विज्ञापन नीतिले कसैको पनि हित नहुने बताए ।

यसैगरी निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्र रुपमा गरिने व्यापार व्यवसायलाई हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकले तानाशाही रुपमा अंकुश लगाउन नहुने बताए । उनले शाही शासन कालमा ल्याइएको विज्ञापनमा एकद्वार नीतिलाई लोकतान्त्रिक सरकारले जस्ताको त्यस्तै कार्यान्वयनमा ल्याउन खोज्नु लोकतन्त्रकै उपहास भएको बताए ।

बिरोध कार्यक्रममा अध्यक्ष धितालले संचार जगत, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई ऐक्यबद्धताको लागि आव्हान गरे । वुधबारको विरोध आन्दोलन विज्ञापन बोर्डको कार्यालय बबरमहलमा पुगेर ताला लगाउने काम गरेको थियो । ‘सरकारी विज्ञापनमा एकद्वार खारेज गर, संचार माध्यमको दररेट कायम गर, विज्ञापन बोर्ड विज्ञापन बाँडने अखडा हैन, विज्ञापनमा पारदर्शिता लागु गर, विज्ञापन आचार संहितालागू गर, विज्ञापन बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर’, लगायतका नारा जुलुसमा सहभागीहरुले लगाएका थिए ।

नेपाल विज्ञापन संघले विज्ञापन बोर्ड मार्फत विज्ञापन बाँड्ने एकद्वार नीति लागु गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुने, विषयमा बर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

वि.सं.२०८० वैशाख २८ बिहीवार ०८:३२ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...