back
CTIZAN AD

नियमित व्याज तिरेका ऋणिहरुको कर्जा भुक्तानीको समय तीन महिना थपिने

वि.सं.२०८० वैशाख २९ शुक्रवार

630 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ ।

नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसरी समय बढाउँदा कुनै शुल्क वा हर्जना लाग्ने छैन । यो व्यवस्था आगामी असार समान्तसम्मका लागि मात्रै रहने राष्ट्र बैंकले जनाएको छ ।

“कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जालाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ”, मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाका ऋणीले तिर्न नसकेको ऋण आगामी असारभित्र पुनरसंरचना र पुनरतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । “लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्ब्न्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनःसंरचना, पुनस्तालिकीकरण गर्नसक्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार १४:०४ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...