काठमाडौं । इन्टरनेट प्रयोगकर्ताका बीच वर्ल्डलिन्क कम्युनिकेसन कम्पनी सबैभन्दा लोकप्रिय भएको देखिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार कुल इन्टरनेट प्रयोगकर्तामध्ये झण्डै एक चौथाई संख्या वर्ल्डलिन्ककाे छ ।
गत माघसम्मको रिपोर्टअनुसार कुल २५ लाख ८६ हजार इन्टरनेट प्रयोगकर्तामध्ये वर्ल्डलिन्कका मात्रै ७ लाख ४४ हजार ५५४ रहेका छन् ।
वर्ल्डलिन्कले फाइबर इन्टरनेटको विस्तारलाई आक्रामक बनाएको छ । उसले केवल इन्टरनेटको प्रयोगलाई करिब अन्त्य गरेको छ । माघसम्मको रिपोर्टअनुसार वर्ल्डलिन्कका केवल इन्टरनेट प्रयोगकर्ता जम्मा १२० जना मात्रै छन् ।
सरकारी लगानीको नेपाल दुरसञ्चार कम्पनी लिमिटेड समग्र इन्टरनेट प्रयोगकर्तामा दोस्रो स्थानमा आउँछ । माघसम्मको रिपोर्टअनुसार दुरसञ्चारका कुल २ लाख ८६ हजार ८४३ इन्टरनेट प्रयोगकर्ता छन् ।
दुरसञ्चार कम्पनी प्रविधि प्रयोगमा पनि पछाडि देखिएको छ । अन्यले फाइबर इन्टरनेटलाई आक्रामकरुपमा विस्तार गरिरहँदा दुरसञ्चारको ठूलो हिस्सा अझै पनि केबल इन्टरनेट प्रयोगकर्ताका रुपमै छन् । माघसम्मको रिपोर्टअनुसार दुरसञ्चारको केवल इन्टरनेट प्रयोग गर्नेमा ६९ हजार ३६४ छन् ।
इन्टरप्रयोगकर्ताका माझ क्लासिक टेक पनि लोकप्रिय देखिन्छ । गत माघसम्मको रिपोर्टअनुसार यस कम्पनीका २ लाख ६६ हजार ३१० ग्राहक छन् । यस कम्पनीका सबै ग्राहक फाइबर इन्टरनेट प्रयोगकर्ता हुन् ।
कुन कम्पनीका इन्टरनेट प्रयोगकर्ता कति ?
वर्ल्डलिन्क ७,४४,५५४
नेपाल दुरसञ्चार कम्पनी २,८६,८४३
भायोनेट २,६०,६७३
वेभसफर १,३४,८०६
सुबिसु २,४९,१९३
बोल्र्डलिङ्क ५३,८५२
डिस होम २,१८,७३३
क्लासिक टेक २,६६,३१०
टिच माइण्ड १,१५,४५८
सिजि ४५,६९१
वि.सं.२०८० वैशाख २९ शुक्रवार १५:४७ मा प्रकाशित






























