
मुगु । मुगु जिल्लाका सरोकारवाला निकायहरुले मुगुका बुहारीलाई आर्थिक अधिकारसहित समृद्धि बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार मेची महाकाली बुहारी संयुक्त आवाज मुगु शाखाले गमगढीमा आयोजना गरेको सरोकारवाला निकायसँग परिचयात्मक कार्यक्रममा सहभागी बक्ताले चुल्हो चौको र घरधन्दामै सिमित रहेर पिडित भएका मुगुका बुहारीलाई आर्थिक अधिकार सहित समृद्धि बनाउनु पर्नेमा जोड दिएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले मुगुमा अझै ७५ प्रतिशत बुहारी घरेलु कामबाट पीडित भएकोले तिनीहरुको आर्थिक अधिकारसहित समृद्द बनाउन मेची महाकाली बुहारी आवाजले योगदान खेल्नुपर्ने बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य तिलकहादुर मल्लले भने–दुुर्गम बस्तीमा घुम्टोभित्र सिमित नारीलाई घुम्टो खोलेर बाहिर ल्याउन बुहारी आवाजको ठूलो भूमिका रहेको बताए ।
सर्बप्रथम पुरुषले आफ्नो घरकी नारीलाई हिंसाबाट मुक्त बनाउनु पर्ने सरोकारवालाहरुले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले भने–महिलालाई समृद्दि बनाउन पहिले आफनो घरबाट सुरु गरौ । बोल्नु भन्दा पनि काम देखाएर नारीको उत्थान गर्नुपर्ने बेला आएको छ ।’
गाउँघरमा विविधि कारण पीडित महिलालाई माथि उकास्न मेची– महाकाली बुहारी संयुक्त आवाजको प्रमुख दायित्व रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । उनले भने–अशिक्षित नारीलाई शिक्षित बनाउन छोरीचेलीलाई बिद्यालय पढाउन पहल गर्ने आवाजले भूमिका निर्बाह गर्नुपर्ने देखिएको छ ।’
आउदो आर्थिक बर्षमा मेची महाकाली बुहारी संयुक्त आवाजलाई बजेटको ब्यवस्था गर्ने नगरप्रमुख बिष्णु कुमार भामले कार्यक्रममा जानकारी गराए ।
मुगुकी बुहारीलाई क्षमता बिकास तालिम आयआर्जन कार्यक्रम संचालन गर्न बजेट बिनियोजन गर्ने नगर प्रमुखको भनाई छ ।
मुगुकी बुहारीलाई आर्थिक अधिकारसहित समृद्धि बनाउन संघ संस्था र सरकारी कार्यालय र स्थानीतहसँग समन्वयकारी भूमिका खेल्ने जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्की भन्छन् । ‘समन्वयमा बजेट छैन मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखासंग सहयोग सद्भाव कायम राख्ने छु ।’
मेचीदेखि महाकालीसम्मका बुहारीको आवाज बुलन्द बनाउन यो संस्था गठन गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्र काँफले बताउँछिन् ।
२०७७ साल साउन १ गते दर्ता भएको यो संस्था चार बर्षभित्र ५६ जिल्लामा बिस्तार भइसकेको छ ।
पीडित बुहारीलाई न्याय दिने उद्वेश्यले मुगुमा मेची महाकाली बुहारी संयुक्त आवाजको शाखा गठन भएको संस्थाकी प्रदेश संयोजक बिद्या तिमिल्सेनाले बताइन् ।
‘मुगुमा महिला अझै हिसाबाट पीडित छन् । तिमिल्सेनाले भनिन् अब मेची महाकाली बुहारी आजावले तिनीहरुको न्यायको लागि लड्ने छ ।’ उनले भनिन् । कर्णालीका बालबालिका अझै बिद्यालय जानबाट बञ्चित भएको संस्थाकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले बताइन् । सुब्बाले बुहारीको आवाजलाई बुलन्द बनाउन संस्थाले ५६ वटा जिल्लामा शाखा बिस्तार गरिसकेको अध्यक्ष सुब्बाले जानकारी गराइन् ।
मुगु शाखाकी संयोजक सुर्यदेबि मल्लले अब चारवटै स्थानीयतहमा शाखा बिस्तार गरिने बताउँदै मुगुका पीडित नारीहरुको न्यायको निम्ति संस्थाले अहम् भूमिका खेल्ने बताइन् ।
मेची महाकाली बुहारी आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष, चन्द्र काँफले प्रदेश संयोजक बिद्या तिमिल्सेनाको टोलीले मुगुको सालिमका बाढी पीडितलाई राहत र बालमन्दिर महाकाली र हेर्नीकाधका छात्रछात्रालाई स्कुल झोला सहित स्टेशनरी सहयोग गरेका छन् ।