काठमाडौं । नेपाल बैंक लिमिटेडले बारा परवानीपुर चैनपुरमा निर्माण गरिएको विद्यालय भवन श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले संयुक्त रुपमा विद्यालय भवन हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताए । विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी तथा सम्मानित हुन पाउँदा अत्यत्न हर्षित रहेको धारणा व्यक्त गरे ।
२०७५ चैत्र १७ मा आएको हावा हुण्डरी (टोर्नाडो)ले विद्यालयको भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त भवन बनाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले ५० लाख सहयोग गरेको थियो ।
वि.सं.२०८० वैशाख ३१ आइतवार १८:१० मा प्रकाशित





























