काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी लगायतका सबै प्रकारका भ्रष्टाचारहरुको अनुसन्धान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बसेको सोमबारको बैठकमा उनले भ्रष्टाचार र कुशासन समृद्दिको यात्राको प्रमुख बाधक रहेको बताउँदै त्यसलाई समाधान गर्न अरु पनि यसप्रकारका समस्याको अनुसन्धान गर्दै जाने बताए ।
‘ती घटनाहरुलाई समाधान गर्न दृढतापूर्वक र निर्ममतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ बैठकमा उनले भने ।
उनले नक्कली भुटानी शरणार्थीको अनुसन्धान जारी रहेको र अनुसन्धानको समय अत्यन्तै कम भएकाले प्रहरी संयन्त्रले चौबिसै घण्टा काम गरिरहेकोले अनुसन्धानभित्र रहेको तथ्यहरुको बारेमा अहिल्यै बताउन नसकिने बताए ।
उनले प्रहरीलाई सुरुवात देखि नै राजनीतिक दवाव वा अन्य कुनै अवान्छनीय दवावबाट मुक्त राखेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको बताए ।
वि.सं.२०८० जेठ २ मंगलवार १४:४८ मा प्रकाशित





























