back
CTIZAN AD

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०८० जेठ २ मंगलवार

951 

shares

काठमाडौं । अयोग्य लडाकुलाई दुई/दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश गरेको हो ।

न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ । इजलासले जेठ ७ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाई गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाईका लागि बोलाएको छ ।

सर्वोच्च अदालतको यसअघिको फैसला र यसअघिकै सरकारको निर्णयअनुसार गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो । अनमिनले अयोग्य प्रमाणित गरिसकेका लडाकुलाई पैसा बाँड्ने तयारीपछि सरकारको आलोचना भएको थियो ।

चार हजार आठ जना अयोग्य लडाकुलाई कार्यविधि नै बनाएर पैसा बाँड्न लागिएको विषयमा ज्ञानेन्द्रराज आरणलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

वि.सं.२०८० जेठ २ मंगलवार १७:५१ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...