Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

गाई खोज्न जङ्गल गएका शेर्पा मृत भेटिए



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् ।

आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।