back
CTIZAN AD

क्यान्टोन्टमेन्टमा दोषी ठहरिए जेल जान तयार छु : प्रचण्ड

वि.सं.२०८० जेठ ४ बिहीवार

1K 

shares

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्टमेन्ट प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले क्यान्टोन्मेटको कुरा कपोलकल्पीत र पूर्वाग्रही भएको बताए । तत्कालिन सरकार, अनमिन सबैको रोहबरमा लडाकुलाई बाँडिएको रकम प्रक्रियागतरुपमा गएको प्रचण्डको भनाई छ ।

“क्यान्टोन्टमेन्टको कुरा कलोलकल्पीत र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ, फेरि पनि कसैले दिएको उजुरीको आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको छु”, प्रचण्डले भनेका छन्, “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँहरु समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । त्यो रकम जुन राज्यबाट दिइयो, त्यसको अडिट भएर टुंगिएको विषय राजनीतिक आग्रहसाथ ल्याइएको भन्ने मेरो बुझाई छ ।”

तथापी, आफुँ सबै घटनाहरुको छानबिन गर्न तयार रहेको स्पष्टीकरण प्रचण्डले दिएका छन् । २०४८ सालदेखि यताका सबै घटना र उच्च पदस्थहरुको सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाई छ ।

प्रचण्डले भनेका छन्, “मैंले दलको घोषणापत्रमै २०४८ सालदेखि यताका सबै घटनाहरुको, सबै उच्च पदस्थ अधिकारीहरुको सम्पत्तिको छानबिनको सन्दर्भमा र विभिन्न कालखण्डमा उठेका भ्रष्टाचारसँग सम्बन्धित सबै मुद्दाहरुमा छानबिन गर्नुपर्छ भनेको छु, हामी सबै राजनीतिक तहमा एउटा संकल्पको साथ सहमति गरेर जाँदा सबै चीज छानबिन गर्न सकिन्छ । देशमा सुशासनको, भ्रष्टाचारबाट उन्मुक्तिको एउटा नयाँ युग सुरु गर्न सकिन्छ ।”

वि.सं.२०८० जेठ ४ बिहीवार १३:४६ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...