back

क्यान्टोन्टमेन्टमा दोषी ठहरिए जेल जान तयार छु : प्रचण्ड

वि.सं.२०८० जेठ ४ बिहीवार

267 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्टमेन्ट प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले क्यान्टोन्मेटको कुरा कपोलकल्पीत र पूर्वाग्रही भएको बताए । तत्कालिन सरकार, अनमिन सबैको रोहबरमा लडाकुलाई बाँडिएको रकम प्रक्रियागतरुपमा गएको प्रचण्डको भनाई छ ।

“क्यान्टोन्टमेन्टको कुरा कलोलकल्पीत र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ, फेरि पनि कसैले दिएको उजुरीको आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको छु”, प्रचण्डले भनेका छन्, “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँहरु समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । त्यो रकम जुन राज्यबाट दिइयो, त्यसको अडिट भएर टुंगिएको विषय राजनीतिक आग्रहसाथ ल्याइएको भन्ने मेरो बुझाई छ ।”

तथापी, आफुँ सबै घटनाहरुको छानबिन गर्न तयार रहेको स्पष्टीकरण प्रचण्डले दिएका छन् । २०४८ सालदेखि यताका सबै घटना र उच्च पदस्थहरुको सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाई छ ।

प्रचण्डले भनेका छन्, “मैंले दलको घोषणापत्रमै २०४८ सालदेखि यताका सबै घटनाहरुको, सबै उच्च पदस्थ अधिकारीहरुको सम्पत्तिको छानबिनको सन्दर्भमा र विभिन्न कालखण्डमा उठेका भ्रष्टाचारसँग सम्बन्धित सबै मुद्दाहरुमा छानबिन गर्नुपर्छ भनेको छु, हामी सबै राजनीतिक तहमा एउटा संकल्पको साथ सहमति गरेर जाँदा सबै चीज छानबिन गर्न सकिन्छ । देशमा सुशासनको, भ्रष्टाचारबाट उन्मुक्तिको एउटा नयाँ युग सुरु गर्न सकिन्छ ।”

वि.सं.२०८० जेठ ४ बिहीवार १३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...