back
CTIZAN AD

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता

वि.सं.२०८० जेठ ६ शनिवार

837 

shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पूर्वघोषित नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सो पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी मान्दै सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि सो पार्टीले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

सो पार्टीद्वारा २०७२ को टिकापुर घटनाको अनुसन्धानपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरेको जेठ ३, ४, ५ गते मसाल जुलुस र ६ गतेदेखि नेपाल बन्द सम्मका कार्यक्रम फिर्ता गरिएको जनाइएको छ ।

शुक्रबारको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने तथा फैजदारी विधेयक संसदमा टेवुल भइसकेकोले टिकापुर घटना लगायतका अन्य राजनीतिक घटनाका बन्दीहरुलाई रिहाइ गर्न कानुन संसोधन गर्ने कुरा बताएपछि त्यसलाई सकारात्मक मान्दै सो पार्टीले पूर्वघोषित बन्दका कार्यक्रम फिर्ता लिएको हो ।

वि.सं.२०८० जेठ ६ शनिवार १०:०६ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...