
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पूर्वघोषित नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
सो पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी मान्दै सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि सो पार्टीले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।
सो पार्टीद्वारा २०७२ को टिकापुर घटनाको अनुसन्धानपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै गरेको जेठ ३, ४, ५ गते मसाल जुलुस र ६ गतेदेखि नेपाल बन्द सम्मका कार्यक्रम फिर्ता गरिएको जनाइएको छ ।
शुक्रबारको संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने तथा फैजदारी विधेयक संसदमा टेवुल भइसकेकोले टिकापुर घटना लगायतका अन्य राजनीतिक घटनाका बन्दीहरुलाई रिहाइ गर्न कानुन संसोधन गर्ने कुरा बताएपछि त्यसलाई सकारात्मक मान्दै सो पार्टीले पूर्वघोषित बन्दका कार्यक्रम फिर्ता लिएको हो ।