Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सगरमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम गर्न सफल भए बुढामगर



काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका मिरुलका ४३ वर्षीय हरि बुढा मगरले सर्वोच्च शिखर सगमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम गरेका छन् ।

दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेर विश्व किर्तीमानी कायम गर्न सफल भएका हुन् । घुँडामुनि दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो व्यक्ति बनेर विश्व रेकर्ड कायम गरेका हुन् ।

ब्रिटीश सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा घुँडामुनि दुवै खुट्टा गुमाएका बुढामगरले पाँचवर्षको प्रयासपछि कुत्रिम खुट्टाको सहारामा सगरमाथाको चुचुुरो चुम्न सफल भएका हुन् ।

गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका बुढामगरले सेनामा भर्ति हुन भन्दा पहिलो सगरमाथाको चुचुरो चुम्ने रहर भएको र उक्त सपना अहिले पूरा गरेकोमा खुसी व्यक्त गरेका छन् ।

उनको आरोहणमा एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा रहेका थिए । बुढामगरले शारीरिक अशक्तता रहेकाहरु कमजोर हुँदैनन् भन्ने आत्मविश्वास दिलाउन पनि सगरमाथाको आरोहण गरेको बताएका छन् । उनले आफुलेजस्तै शारीरिक अपांगता भएका अन्य व्यक्तिले पनि सगरमाथाको चुचुरो चुमेर आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।

बुढा मगरले यसअघि मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपुर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका हिमालको सपल आरोहण गरिसकेका छन् ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।