back
CTIZAN AD

सगरमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम गर्न सफल भए बुढामगर

वि.सं.२०८० जेठ ७ आइतवार

990 

shares

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका मिरुलका ४३ वर्षीय हरि बुढा मगरले सर्वोच्च शिखर सगमाथा आरोहण गरेर विश्व किर्तीमानी कायम गरेका छन् ।

दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेर विश्व किर्तीमानी कायम गर्न सफल भएका हुन् । घुँडामुनि दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो व्यक्ति बनेर विश्व रेकर्ड कायम गरेका हुन् ।

ब्रिटीश सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा घुँडामुनि दुवै खुट्टा गुमाएका बुढामगरले पाँचवर्षको प्रयासपछि कुत्रिम खुट्टाको सहारामा सगरमाथाको चुचुुरो चुम्न सफल भएका हुन् ।

गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका बुढामगरले सेनामा भर्ति हुन भन्दा पहिलो सगरमाथाको चुचुरो चुम्ने रहर भएको र उक्त सपना अहिले पूरा गरेकोमा खुसी व्यक्त गरेका छन् ।

उनको आरोहणमा एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रुपमा रहेका थिए । बुढामगरले शारीरिक अशक्तता रहेकाहरु कमजोर हुँदैनन् भन्ने आत्मविश्वास दिलाउन पनि सगरमाथाको आरोहण गरेको बताएका छन् । उनले आफुलेजस्तै शारीरिक अपांगता भएका अन्य व्यक्तिले पनि सगरमाथाको चुचुरो चुमेर आफ्नो सपना पूरा गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।

बुढा मगरले यसअघि मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपुर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका हिमालको सपल आरोहण गरिसकेका छन् ।

 

 

 

वि.सं.२०८० जेठ ७ आइतवार ०८:५१ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...