back
CTIZAN AD

गठबन्धनमा खटपट : कांग्रेस र माओवादीसँग तीन दल असन्तुष्ट

वि.सं.२०८० जेठ ७ आइतवार

963 

shares

काठमाडौं । केही समयदेखि नै सत्ता गठबन्धनको एक हिस्सेदार एकीकृत समाजवादी निकै असन्तुष्ट देखिन्छ । समाजवादीले बेला–बेला आफ्नो असन्तुष्टि पनि पोखिरहेको छ ।

शनिबार सिन्धुलीमाडीमा आयोजित एकीकृत समाजवादीको सिन्धुलीको सातौं जिल्ला अधिवशेनलाई उद्घाटन गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले “हेपाई नरोकिए सरकार ढालिदिन सक्ने” चेतावनी दिए । “हामीलाई थोरै सिट भनेर हेप्ने काम भइरहेको छ, त्यही हेप्दा धेरै हुनेहरुको पनि सरकार ढल्यो”, उनले भनेका छन्, “कसैले फुइँ हाँक्न पर्दैन, मैले जे गरे पनि हुन्छ भन्ने हो भने जे पनि हुनसक्छ, हामीले चाहे सरकार पनि ढल्न सक्छ ।”

अध्यक्ष नेपालले केही साताअघि सुर्खेतको एक कार्यक्रममा जाने क्रममा पनि सत्ता गठबन्धनप्रति आक्रोश पोखेका थिए । माधव नेपालले विशेषतः प्रदेश तहमा आफ्नो पार्टीलाई बायस गरिएकोमा असन्तुष्टि पोखिरहेका छन् । उनले यही शैलीलाई निरन्तरता दिए सरकारबाट पनि बाहिरिनसक्ने चेतावनी पनि दिएका छन् ।

एकीकृत समाजादी मात्रै होइन, सरकारमै आबद्ध नागरिक उन्मुक्ति पार्टी र सरकारलाई समर्थन गरिरहेको जनमत पार्टी पनि निकै असन्तुष्ट छ । नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ भने जनमत पार्टी पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा देखिन्छ ।

उन्मुक्तिले रेशम चौधरीको रिहाईको विषयलाई निःशर्तरुपमा अघि सारेको छ । उसले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । उन्मुक्तिले गरेको मागमा सत्ता नेतृत्वकर्ता कांग्रेस र एमाले खासै सरकारात्मक देखिएका छैनन् ।

यही घटनाको बीच उन्मुक्तिलाई थप चिढ्याउने गरी सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आफ्नै सहयोगमा बनेको सरकारमा आफैंलाई बाहिर निकालेपछि उन्मुक्ति आक्रोशित छ । उन्मुक्तिले आवश्यक परे प्रदेश सरकारबाट पनि समर्थन फिर्ताको तयारी गरिरहेको छ ।

यता, जनमत पार्टी न केन्द्र सरकारमा छ न त प्रदेश सरकारमा अटाएको छ । जनमत पार्टीलाई नै पाखा राखेर सरकार सञ्चालन गरिएपछि जनमत असन्तुष्ट छ । जनमतका महासचिव प्रवक्ता चन्दन सिंहले बताएअनुसार बजेट भाषणसँगै सरकारबारे ठोस निर्णय हुनेछ ।

“प्रधानमन्त्रीले गठबन्धन छाड पनि भन्नुभएको छैन, भूमिका पनि दिइएको छैन, गर्न खोजिएको के हो, बुझिएको छैन”, उनले भनेका छन्, “हामी बजेट भाषणसम्म कुर्छौं, त्यसपछि निर्णय लिन्छौं ।”

यदि तिनै दल सत्ता गठबन्धनबाट बाहिरिँदै समर्थन फिर्ता लिएमा केन्द्र र प्रदेश सरकारहरु संकटमा फस्नेछन् । तीन दल बाहिरिँदा एकीकृत समाजवादी १०, जनमत ६ र नागरिक उन्मुक्ति ४ सिट घटेसँगै केन्द्रमा गठबन्धनलाई बहुमत पु¥याउन कठिन हुनेछ भने तत्कालै मधेश र सुदूरपश्चिम सरकारमा पनि समस्या छाउने छ ।

वि.सं.२०८० जेठ ७ आइतवार १२:३१ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...