Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



चितवन । चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१२ टिकौली जंगलको सडकमा ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३–००२प ७६८८ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तामाङसँगै स्कुटरमा सवार एकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।