back
CTIZAN AD

मिस्त्री काम गर्दै आएका रामनाथको यसरी फेरिदियो च्याउ खेतीले जीवन

वि.सं.२०८० जेठ ८ सोमवार

723 

shares

वीरगञ्ज । केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला फेरिएको छ ।

बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गरेका ५० वर्षीय उनी अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् । कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उनलाई अहिले च्याउबाला रामनाथको रुपमा स्थानीयले सम्झिने गरेका छन् । स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पु¥याउने भन्ने हतारो हुन्छ ।

सामान्य लेखपढ गर्न मात्र जानेका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रुपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौँसम्म पु¥याएर राम्रो आम्दानी गर्दै आएको बताउछन् । “पहिला चर्काे घाममा उभिएर काम गर्नुपर्दा धेरै स्वास्थ्य समस्या हुन्थ्यो”, उनी भन्छन्, “त्यही भएर राजमिस्त्रीको काम छाडेर व्यवसायी गर्छु भनेर सोचे र च्याउ खेती सुरु गरे ।” थोरै मिहिनेत र कम समयमा राम्रो आम्दानी हुने भएकाले च्याउ खेतीलाई आफूले व्यावसायिक रुपमा अघि बढाएको उनको भनाइ छ ।

“सुरु सुरुमा च्याउ खेतीबारे खासै कुनै जानकारी थिएन, त्यसैले के गर्ने नगर्ने अन्यौलतामा थिए”, किसान पासवान भन्छन्, “पछि युट्युव च्यानलबाट हेरेर यहीबाट सिक्दै च्याउ खेती सुरु गरे, अहिले यसबारे पूरा सिकिसके ।” कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले पनि समय समयमा यसबारे परामर्श दिइरहेका छन् ।

स्थानीय कच्चा पदार्थ (सोत्तर)को प्रयोग गरेर उत्पादन सुरु गरेको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उनको भनाइ छ । च्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त मानिन्छ । गर्मीयाम उत्पादन नहुने भए पनि च्याउ खेतीबाट वार्षिक तीन÷चार लाखसम्म आम्दानी गर्ने गरेको पासवानको कथन छ ।

एक्लैले नभ्याइपछि पासवानले अहिले उत्पादित च्याउ टिप्न र प्याकिङ गर्न चार जना कामदारलाई रोजगारीसमेत दिएका छन् । “अहिले दैनिक ४०÷५० किलो च्याउ उत्पदान हुन्छ, त्यो टिपेर प्याकिङ गर्न एक्लैले भ्याउँदैन्”, पासवान भन्छन्, “त्यसैले चार जनालाई कामदारको रुपमा राखेको छु, उहाँहरुले सघाइरहनुभएको छ ।” च्याउ टिपेर प्याकिङ गरेपछि व्यापारी फर्ममै च्याउ खरिद गर्न आउने गरेको पासवानको भनाइ छ ।

कुनै बेला खान लाउनसमेत धौधौ हुने पासवानलाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च च्याउ खेतीकै आम्दानीले पुग्ने गरेको छ । उहाँले सोही व्यवसायबाट आफ्ना चार छोराछोरीलाई वीरगञ्जस्थित राम्रो विद्यालयमा पढाइरहेका छन् ।

च्याउ खेतीका लागि खासै ठुलो समस्या नरहेको बताउने किसान पासवान गर्मीयाम उत्पादन नहुने र पानी जम्ने हुँदा केही समस्या भइरहेको बताउछन् । च्याउ खान स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा च्याउको माग बढी छ । च्याउ अहिले पर्साको वीरगञ्ज लगायतका बजारमा प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भईरहेको च्याउ व्यापारी तेजीलालकुमार सर्राफ बताउछन् ।

“बजारमा च्याउको माग बढी छ, तर उत्पादन त्यति छैन”, उनी भन्छन् “जिल्लाको दुई ठाउँमा मात्र च्याउ खेती हुन्छ, त्यसले बजारको मागलाई धान्न सकिरहेको छैन ।” हेटाँैडाबाट पनि च्याउ मगाउँछौँ तर पासवानको फर्मबाट उत्पादन भएको च्याउको जस्तो हेटौँडाबाट आउने च्याउमा स्वाद नभएकाले यहीको च्याउ नै धेरैले खोज्ने गरेको सर्राफ बताउछन् ।

च्याउ खेतीलाई प्रवद्र्धन गर्न आवश्यक परामर्शसहित बिउबिजनसमेत सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रका पर्साका प्रमुख मुनिलाल कुशवाह बताउछन् । सुरुमा व्यवसाय सञ्चालनका लागि आफ्नै लगानी परे पनि अहिले यस्ता कृषकलाई आर्थिक तथा प्रविधि सहयोगसमेत गर्दै आएको प्रमुख कुशवाहको भनाइ छ । बजारीकरणको समेत राम्रो सम्भावना भएकाले च्याउ खेतीलाई प्रजद्र्धन गर्ने आफूहरुको नीति रहेको उनले बताए ।  रासस file photo

 

वि.सं.२०८० जेठ ८ सोमवार ०८:३६ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...