back
CTIZAN AD

प्राधिकरणको बक्यौता नतिर्ने दुईसय सत्तरी ग्राहक कालोसूचीमा

वि.सं.२०८० जेठ ८ सोमवार

831 

shares

चितवन । नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्र भरतपुरले विगत लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ ।

वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका पठाउने तयारी सुरु गरेको हो । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार ती कार्यालयबाट पाउने सेवासमेत वञ्चित हुने गरी कार्यालयले परिपत्र गर्न लागेको हो ।

कार्यालयले कालोसूचीमा रहेका ग्राहकबाट रु ७४ लाख ९२ हजार आठ सय ८१ बक्यौता रकम उठाउन बाँकी छ । ती ग्राहकाले असार मसान्तसम्म बक्यौता रकम बुझाए जरिवानामा वितरण केन्द्रले १० प्रतिशत छुट दिने उनले जानकारी दिए । उनले भने, “बक्यौता तिर्ने ग्राहकका लागि यो छुट अवसर हो । सबैले प्रयोग गरौँ ।”

यस वितरण केन्द्रअन्तर्गत रु एक लाखभन्दा बढी बक्यौता महसुल भएका १२ ग्राहक रहेका छन् । बक्यौता रकम नतिर्ने अन्य ग्राहकलाई समेत कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको उनले बताए । उनका अनुसार सो वितरण केन्द्रमा हाल ६५ हजार ग्राहक छन् ।

वि.सं.२०८० जेठ ८ सोमवार ११:०७ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...