back
CTIZAN AD

शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा शान्ति समाजको धर्ना

वि.सं.२०८० जेठ १० बुधवार

1K 

shares

काठमाडाैं । मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाहीको माग गर्दै २२ जिल्लामा ४६ वटा धर्ना गरेको छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई लेखिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत् धर्ना दिइएका जिल्लाबाटै बुझाइएको कार्यबाहक सभापति कृष्णबहादुर रावलले राससलाई जानकारी दिए ।

तीन बुँदे ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सुक्ष्म अध्ययन/अनुसन्धान गरी दोषी प्रमुख दलका शीर्ष नेतासहित जो कोही भए पनि कानुनसम्मत कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको उनले बताए ।

सुशासन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै विभिन्न कार्यक्रम आयोजना गरी उक्त समाजले १६औँ गणतन्त्र दिवस मनाउने भएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान पु¥याएको उक्त समाजले प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै आएको छ ।

उक्त समाजले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी आफ्नो २८औँ स्थापना दिवस पनि मनाउने भएको छ । विसं २०५३ जेठ १९ गते दिगो शान्ति एवं मानव अधिकारका क्षेत्रमा काम गर्ने मुख्य उद्देश्य लिएर शान्ति समाज स्थापना गरिएको थियो ।

वि.सं.२०८० जेठ १० बुधवार १४:५४ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...