back
CTIZAN AD

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

वि.सं.२०८० जेठ १० बुधवार

756 

shares

महेन्द्रनगर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्र्पकविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् ।

शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ ।

उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रुपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेकोे भीड लागेको छ । सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

“तीनवटै शाखामा सञ्चालक र कर्मचारीविहीन छन् ।” उनले भने, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप सङ्कलन भएको रहेछ भनेर एकिन जानकारी आउछ ।” प्रहरीका अनुसार मङ्गलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी प्रहरीमा आएको थियो ।

त्यसैगरी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा हालसम्म दुई हजार एक सय बचतकर्ताले निवेदन दिइसकेका छन् । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए ।

“सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ ।” उनले भने,“ कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।”प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पकबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरी हिँडिसकेका छन् ।

यहाँ उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले रु एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ । सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा खर्च गरेको छ भने कञ्चनपुरमा लगानी गरेको मार्ट बन्द भइसकेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा शिवशिखर सहकारीले करिब रु ४१ करोड निक्षेप सङ्कलन गरेको बताए ।
“ हिजोसम्म ६८० बचतकर्ताले रु १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन् ।” उनले भने–“यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके ।”

प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन् । सहकारी सञ्चालक सम्र्पकविहीन भएपछि बचतकर्ता धर्ना र विरोधमा उत्रिएका छन् । त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात सङ्कलन गरिरहेको जनाएको छ ।

उक्त सहकारीको डोटी शाखा सञ्चालनमा रहेपनि हाल बन्द अवस्थामा छ । डोटीमा मङ्गलबारसम्म चार सय ७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ थियो ।रासस

वि.सं.२०८० जेठ १० बुधवार १६:०७ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...