back
CTIZAN AD

‘महानिरीक्षकलाई विवादमा तानेर प्रहरी संगठनकै छविमा आँच पुर्‍याउन खोजियो’

वि.सं.२०८० जेठ १० बुधवार

858 

shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तकुमार कुँवरलाई जोडेर चर्चा गरिनु निन्दनीय भएको बताएको छ । बुधबार प्रहरी प्रवक्ता कुवेर कडायतद्धारा एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिले गरेको संवादकै आधारमा महानिरीक्षकलाई विवादमा तानिनु गलत भएको बताएको हो ।

प्रहरीले कुनै आधार, तथ्य र प्रमाणबिना नै महानिरीक्षकविरुद्ध समाचार आएको भन्दै उक्त समाचारले प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच पुर्‍याएको बताएको छ ।

“कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका जुनियरदेखि सिनियर अधिकृतहरुले आफ्नो जीवन र करिअरको समेत प्रवाह नगरी गरेको अनुसन्धानले नै अहिलेको प्रकरण बाहिर आएको प्रहरीको दाबी छ । कयौं व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने काम बाँकी नै रहेको अवस्थामा प्रहरी संगठनलाई नै बदनाम गराउने गरी आएका यस्ता समाचारले प्रहरी अधिकृतहरुको मनोबलमा समेत असर पर्ने प्रहरीको भनाई छ ।

मंगलबार केही सञ्चार माध्यमले प्रहरी महानिरीक्षकलाई जोडेर नक्कली शरणार्थी प्रकरणका विभिन्न आरोपितलाई जोगाउन चलखेल भएको भन्दै समाचारहरु प्रकाशित गरेका थिए । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन महानिरीक्षक कुँवरले गिरोह सदस्यसँग छलफल गरेको दाबी सञ्चार माध्यमकाे छ ।

वि.सं.२०८० जेठ १० बुधवार १८:०३ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...