back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च ओमानद्वारा शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाहीको माग

वि.सं.२०८० जेठ ११ बिहीवार

1.5K 

shares

काठमाडौं । प्रवासी नेपाली एकता मन्च ओमानले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

केही दिनयता मोटो रकम असुलेर नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर गैरकानुनी बाटोबाट अमेरिका पठाउने जस्तो जघन्य अपराध कार्यमा ठूला राजनैतिक दलका शीर्ष नेताहरु, तिनका परिवार साथै उच्चपदस्त कर्मचारीहरु समेतको संलग्नता रहेको खुलासा भएको भन्दै मन्चले दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली दूतावास ओमान मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

‘उक्त अपराधीक कार्यमा संलग्न रहेकाहरुलाई नेपाल सरकारले पक्राउ पूर्जी जारी गर्दै नेपाल प्रहरीलाई पक्राउ गर्न आदेश दिई पक्राउ गरि छानबिन पनि भइरहेको छ । यस्तो जघन्य अपराध प्रति हाम्रो गौरवशाली संगठन प्रवासी नेपाली एकता मन्च ओमानको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उक्त ज्ञापनपत्रमा भनिएको छ ।

मन्चका अध्यक्ष लिलानाथ कोइराला, महासचिव तेजबहादुर तामाङ (प्रेम) द्वारा जारी विज्ञप्तिमा यस्ता जघन्य अपराधमा संलग्नहरु प्रति घोर निन्दा एवं भत्र्सना गर्दै घटनामा संलग्न भएका जोसुकैलाई कुनै पनि तवरबाट बचाउ नगरीकन निष्पक्ष रुपमा छानबिन गरी हदै सम्मको कारबाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

वि.सं.२०८० जेठ ११ बिहीवार ११:५९ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...