Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रवासी नेपाली एकता मन्च ओमानद्वारा शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाहीको माग



काठमाडौं । प्रवासी नेपाली एकता मन्च ओमानले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

केही दिनयता मोटो रकम असुलेर नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर गैरकानुनी बाटोबाट अमेरिका पठाउने जस्तो जघन्य अपराध कार्यमा ठूला राजनैतिक दलका शीर्ष नेताहरु, तिनका परिवार साथै उच्चपदस्त कर्मचारीहरु समेतको संलग्नता रहेको खुलासा भएको भन्दै मन्चले दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपाली दूतावास ओमान मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

‘उक्त अपराधीक कार्यमा संलग्न रहेकाहरुलाई नेपाल सरकारले पक्राउ पूर्जी जारी गर्दै नेपाल प्रहरीलाई पक्राउ गर्न आदेश दिई पक्राउ गरि छानबिन पनि भइरहेको छ । यस्तो जघन्य अपराध प्रति हाम्रो गौरवशाली संगठन प्रवासी नेपाली एकता मन्च ओमानको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उक्त ज्ञापनपत्रमा भनिएको छ ।

मन्चका अध्यक्ष लिलानाथ कोइराला, महासचिव तेजबहादुर तामाङ (प्रेम) द्वारा जारी विज्ञप्तिमा यस्ता जघन्य अपराधमा संलग्नहरु प्रति घोर निन्दा एवं भत्र्सना गर्दै घटनामा संलग्न भएका जोसुकैलाई कुनै पनि तवरबाट बचाउ नगरीकन निष्पक्ष रुपमा छानबिन गरी हदै सम्मको कारबाहीको लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।